फाल्डो सिरिज जुनियर गल्फ बुधबारबाट
मंगलबार, पुष १५, २०७६खेलपाटी संवाददाता
काठमाडौं । फाल्डो सिरिज जुनियर गल्फ बुधबारबाट सुरु हुने भएको छ । नेपाल गल्फ एसोसियसनले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै फाल्डो सिरिज बुधबारबाट सुरु हुने जनाएको हो ।
गोकर्ण गल्फ क्लबमा आयोजना हुने सिरिज पुस १८ गतेसम्म संचालन हुनेछ । सिरिजमा साबिकको विजेता तथा १३ औं सागका स्वर्णधारी सुवास तामाङसहित २० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमा ४ महिला खेलाडी रहेको आयोजकले जनाएको छ ।
पछिल्लो ६ बर्षबाट बार्षिक हुँदै आएको यस प्रतियोगिता फाल्डो सिरिज एसियाको छनोटको रुपमा रहेको छ । सिरिजको विजेताले भियतनामको लगुना लङ दानङ गल्फ कोर्षमा सन् २०२० मा हुने फाइनल चरणमा छनोट हुनेछन् ।






-1761584666208.jpeg&w=3840&q=75)




-1761808270369.png&w=3840&q=75)




