एजेन्सी । कम्युनिटी शिल्डको उपाधि लागि आज म्यान्चेष्टर सिटी र चेल्सीबीच प्रतिस्पर्धा हुदैछ । वेम्वली स्टेडियममा खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ ।
प्रिमियर लिगको विजेता र एफ ए कपको विजेताले नयाँ सिजन सुरु हुनुअघि कम्युनिटी शिल्डकालागि प्रतिस्पर्धा गर्ने गर्छन् ।
म्यान सिटी प्रिमियर लिगको विजेता र चेल्सी एफ ए कपको विजेताको रुपमा कम्युनिटी शिल्डकोलागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।
सिटीका विङ्गर रियाद महरेज र चेल्सीका मिडफिल्डर जोर्डिन्होले आजको खेलमा डेब्यु गर्न सक्नेछन् ।
महरेज यसै सिजन ६० मिलियन पाउण्डमा लेस्टर सिटीबाट इतिहाद स्टेडियममा आएका हुन् ।
उता नेपोलीमा उत्कृष्ट प्रर्दशन गरेका जोर्डिन्हो समेत यसै सिजन प्रिमियर लिग क्लब चेल्सीमा आबद्ध भएका हुन् ।
प्रि सिजन खेलमा समेत उनले लण्डन क्लबबाट उत्कृष्ट प्रर्दशन गरेका थिए ।
चेल्सी प्रशिक्षक माउरिजियो सार्रीले आजको खेलमार्फत लण्डन क्लबबाट डेब्यु गर्दैछन् ।
दुवै टोलीले सिजनको पहिलो उपाधि जित्दै प्रिमियर लिगमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने प्रयास गर्नेछन् ।