किपचोगेलाई 'स्पोर्ट्स स्टार अफ दि ईयर' अवार्ड
आइतबार, मंसिर २९, २०७६खेलपाटी संवाददाता

एजेन्सी । म्याराथन धावक इलिड किपचोगेले बीबीसी स्पोर्ट्स पर्सनालिटी वर्ल्ड स्पोर्ट्स स्टार अफ दि ईयर अवार्ड जितेका छन् ।
बीबीसीले संचालन गरेको भोटिङमा सर्वाधिक भोट ल्याउदै किपचोगेले स्पोर्ट्स स्टार अफ दि ईयर अवार्ड जितेका हुन् ।
केन्याली धावक किपचोगेले गत अक्टोबरमा ४२.२ किमीको म्याराथन दुई घण्टा भन्दा कम समयमा पुरा गर्दै कीर्तिमान बनाएका थिए।
अष्ट्रियामा भएको दौडमा उनले १ घण्टा ५९ मिनेट ४० सेकेन्डमा दौड पुरा गरेका थिए ।
किपचोगेले सन् २०१६ को रियो ओलम्पिकमा स्वर्ण जितेका थिए ।











-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


