एजेन्सी । नेयमार र केलियन एम्बाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन पीएसजीले लिग वानमा नान्टेसलाई हराएको छ ।
बुधबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले नान्टेसलाई २-० गोल अन्तरले हराएको हो ।
चोट मुक्त हुँदै मैदान फर्किएका नेयमारले पीएसजीकालागि पहिलो गोल गरे ।
एमबाप्पेले आकर्षक ब्याकहिल गोल गर्दै पीएसजीलाई ५२ औ मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । एन्जल डी मारियाको पासमा उनले गोल गरेका हुन् ।

खेल सकिन ५ मिनेट बाँकी छँदा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीको जित सुनिश्चित गरेका थिए ।

जितपछि पीएसजीले १५ खेलबाट ३६ अंक सहित तालिकामा अग्रतालाई कायम गर्यो । नान्टेस २३ अंक सहित नवौं स्थानमा रहेको छ ।