करातेमा नेपालकी सुनितालाई स्वर्ण
मंगलबार, मंसिर १७, २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेमा नेपालकी सुनिता महर्जनले स्वर्ण जितेकी छिन् ।
महिला कुमुतेको ६८ केजीमुनि सुनिताले स्वर्ण जितेकी हुन् । सुनिताले पाकिस्तानी खेलाडी कुल्सुमलाई ८-२ अंकले अपराजित गरिन् ।
यस स्पर्धामा बंगलादेश र श्रीलंकाले कास्य जित्यो ।
पुरुष ७५ केजी कुमुतेमा नेपालका गंगाराम कुसुवारले रजत जिते । फाइनलमा गंगाराम पाकिस्तानसँग ८-० ले पराजित भए ।
पुरुष ६० किलो तौल समुहको फाइनलमा पाकिस्तानका इक्वाल जाफरलाई ७ –३ ले हराउदै बंगलादेशका मोहम्मद अलामिन अस्मिनले स्वर्ण पदक जिते । सो स्पर्धामा नेपालका राजिव पुडासैनी र श्रीलंकाका विक्रम मुणाले काश्य पदक जिते ।








-1761410041277.webp&w=3840&q=75)






