करातेमा नेपालकी कुसुमलाई स्वर्ण
सोमबार, मंसिर १६, २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा नेपालकी कुसुम खड्काले स्वर्ण पदक जितेकी छिन् ।
सातदोबाटोस्थित कराते हलमा सोमबार कुमुते ४५ केजि मुनिको प्रतिस्पर्धामा कुसुमले बंगलादेशका खेलाडीलाई ३-२ अंकले पराजित गरिन् ।
कुसुम नेपाललाई स्वर्ण दिलाउने ११ औं खेलाडी बनिन् ।
पहिलो चरणमा कुसुमले श्रीलंकाकी सेनारथ अराचिगेलाई ७-६ अंकले पराजित गरेकी थिइन् ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)






