करातेमा नेपालका दिवसलाई रजत
सोमबार, मंसिर १६, २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा नेपालका दिवस श्रेष्ठले कुमुतेतर्फ रजत पदक जितेका छन् ।
सातदोबाटोस्थित कराते हलमा सोमबार दिवसले पुरुष ८४ केजीमा रजत जितेका हुन् ।
पाकिस्तानका अवाइस मोहम्दसङ २-२ को बराबरी गरेपनी धेरै फल गर्दै धेरै चेतवानी पाएपछि अयोग्य बनेका थिए । खेलमा अग्रता बनाएपनी बारम्बार गल्ती गर्दा अयोग्य भएका हुन् ।
सेमिफाइनलमा दिवसले बंगलादेशका मोहम्मद राम्जनलाई ६-१ अंकले हराएका थिए । यस्तै पाकिस्तानका अवाइसले श्रीलङ्काका जयाकोडीलाई ८-४ अंकले पराजित गरेका थिए ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)






