सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

साग विशेष : सागमा ‘डेब्यु’ गर्दै बिच भलिबल

शनिबार, ०७ मंसिर २०७६गिता राई
साग विशेष : सागमा ‘डेब्यु’ गर्दै बिच भलिबल
mustang rice ad

काठमाडौं । एक दशकभन्दा अगाडी देखिनै नेपालमा बिच भलिबलको सुरुवात भएको हो । महिला, पुरुष दुवै स्पर्धामा नेपालले अन्तराष्ट्रिय प्रतियोगिता समेत खेल्यो । तर, सबै प्रतियोगितामा नेपाल पदक विहिन रह्यो ।

सन् २०१४ मा माल्दिभ्समा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा राष्ट्रिय टिमकी सदस्य कमला पुन र कोपिला उप्रेतीको जोडीले नेपाललाई पहिलोपटक स्वर्ण पदक दिलाएका थिए ।

यो नै नेपाली बिच भलिबलको अन्तराष्ट्रिय उपाधि हो ।

सन् २०१९ सम्म आईपुग्दा नेपालले सो सफलता दोहोर्याउन सकेको छैन ।

विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुँदै आएको नेपालले सागको १३ औं संस्करणसम्म आईपुग्दा एकपटक पनि दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाएको छैन ।

पुरुष तथा महिला बिच भलिबल टिमले पहिलोपटक नेपालमा हुन लागेको १३ औं सागमा सहभागिता जनाउने भएका छन् । घरेलु मैदानमा हुने लागेको प्रतियोगितामा स्वर्ण पदकका लागि नेपाली टिमले प्रतिस्पर्धा गर्नेछ ।

तयारी -
१३ औं सागलाई लक्षित गर्दै नेपालको टिमले भदौबाट लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा बन्द प्रशिक्षणको सुरुवात गरेको थियो ।

सागको तयारीका लागि गत महिना पुरुष तथा महिला टोली झन्डै दुई साता वैदेशिक प्रशिक्षण र मैत्रीपूर्ण खेलका लागि श्रीलंका पुगेका थिए ।

उनीहरुले श्रीलंका र पोल्याण्डको टिमसँग मैत्रीपूर्ण खेलका साथै प्रशिक्षण गरेका थिए । सो मैत्रीपूर्ण खेलमा पुरुष टिमले दुई जित र महिला टिमले हार व्यहोरेको थियो ।

नेपालको कृत्रिममा कोर्टमा प्रशिक्षण गरेका विच भलिबल खेलाडीले श्रीलंकाको राम्रै कोर्टमा अभ्यास गर्न पाएका थिए ।

प्रशिक्षक सुदेश रिमालले खेलाडीलाई प्रशिक्षणका लागि उपयुक्त कोर्ट नहुँदा मैत्रीपूर्ण खेलमा नतिजा राम्रो नआएको बताए ।

‘खेलाडीलाई जस्तो कोर्टमा प्रशिक्षण गराउनुपर्ने हो, त्यो पाएका छैनौ । उनीहरुलाई कृत्रिम कोर्टमा प्रशिक्षण गराएका छौ । त्यसैले श्रीलंकामा नतिजा राम्रो आएन,’ उनले थपे, ‘तर सबै टिमसँग नजिक–नजिककै अंक ल्याएका थियौ ।’

उनले बिच भलिबलमा श्रीलंका र नेपालको वातावरणमा धेरै फरक भएको बताए ।

‘बिच भलिबलमा हाम्रो र श्रीलङ्काको वातावरणमा धेरै फरक छ । उनीहरुले प्रतियोगितामा खेल्ने जस्तो कोर्टमा प्रशिक्षण गरिरहेका छन् तर हामी भने कृत्रिममा खेलिरहेका छौ,’ उनले थपे, ‘त्यहाँको बालुवा र यहाँको फरक छ ।’

प्रशिक्षक रिमालले नेपालमा काम गर्दै गर्दा भौतिक पूर्वाधारले ट्रेनिङमा केही समस्या आएको भएपनि तयारी राम्रो रहेको बताए ।

स्वर्णका लागि तयारी गरिरहेको बिच टिमको प्रशिक्षण अन्तिम चरणमा पुगेको छ ।

नेपालको बलियो प्रतिस्पर्धीको रुपमा श्रीलंकालाई हेरिएको छ । मैत्रीपूर्ण खेलमा श्रीलंकासंग पराजित नेपाली टिमले बलियो प्रतिद्वन्दीलाई हराएर उपाधि जित्नु पर्ने चुनौती छ ।

पदकको सम्भावना -

नेपालले भदौंबाट सागको तयारी गरेको थियो । झन्डै दुई साता श्रीलंकामा नेपाली टिमले प्रशिक्षण तथा मैत्रीपूर्ण खेल खेलेको थियो ।

बलियो टिम श्रीलंकासंग सागमा प्रतिस्पर्धा हुने भएकाले नेपालको स्वर्ण पदकको सम्भावना कमजोर देखिन्छ । घरेलु मैदानमा हुने प्रतियोगितामा नेपालको पदकको सम्भावना धेरै रहेको प्रशिक्षक रिमालले बताउँछन् ।

‘प्रतियोगिता घरेलु मैदानमा आयोजना हुँदैछ । त्यसैले पदकको सम्भावना छ । यस्तै श्रीलंकाको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेलमा हारेपनि एकमा जित निकालेका थियौ ।’

बिच भलिबलमा नेपालबाट सबै इन्डोर खेलका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सबै खेलाडी उत्कृष्ट भएकाले पदकको सम्भावना प्रवल देखेको रिमाल बताउँछन् ।

बिच भलिबल टिम -

(पुरुष)
मान बहादुर श्रेष्ठ
दिल सुनुवार
सञ्जु विक्रम शाह
राजु विक


(महिला )
बिनिता बुढाथोकी
कोपिला उप्रेती
मनिषा चौधरी
नेबिका चौधरी

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

Bajaj Pulsar Motorcycle Ad
तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

अन्तिम बलमा नेपालकाे हार

अन्तिम बलमा नेपालकाे हार

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत