सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

साग विशेष : पदककै लागि पुरुष भलिबलको संघर्ष

बिहिबार, ०५ मंसिर २०७६गिता राई
साग विशेष : पदककै लागि पुरुष भलिबलको संघर्ष
mustang rice ad

काठमाडौं । भलिबल देशको खेल हो । राष्ट्रिय खेल हो । तर यसको नतिजा कहिल्यै गौरव गर्ने खालको रहेन । अझ पुरुष भलिबलको अन्तराष्ट्रिय उपलब्धी निकै कमजोर देखिन्छ ।

राष्ट्रिय खेल भएपनि राज्यको लगानी भलिबलमा विशेष छैन । जब लगानी छैन भने नतिजाको आशपनि खासै रहदैन ।

भलिबल नेपालको लोकप्रिय खेल हो, सम्पूर्ण नेपालीको खेल हो ।

तर, नेपालको लोकप्रिय खेललाई व्यवसायीक बनाउन नसक्नुका कमजोरीका पाटा धेरै छन् । केही संघभित्रका आन्तरिक कार्यशैली जिम्मेवार होलान्, केही बाह्य लगानीका कुरा । तर भलिबल राष्ट्रिय खेलमात्र हैन, ठुलो सम्भावनाको खेल हो ।

पदकका हिसाबले खासै हामीले ठुलो उपलब्धि हासिल नगरेपनि राष्ट्रिय खेलबाट धेरै आश गर्नुपर्ने खास खास कारण छन् ।

इतिहास :

नेपालले सन् १९७७ मा पाकिस्तानमा आयोजित काइदा आलाम अन्तराष्ट्रिय मैत्रीपूर्ण भलिबलमा पहिलोपटक सहभागिता जनाएको थियो । तर, पहिलो अन्तराष्ट्रिय प्रतियोगिता भने सन् १९८७ मा खेल्यो ।

भारतको कलकत्तामा भएको तेस्रो दक्षिण एसियाली खेलकुद (साग) मा पुरुष भलिबलले पहिलोपटक सहभागिता जनाएको थियोे । पहिलो सहभागितामा नेपाल पदक विहिन हुँदै घर फर्किएको थियो । त्यसपछि लगातार सागमा सहभागिता जनाएपनि नेपाल रित्तो हात फर्कनु परेको ईतिहास साक्षी छ ।

यसैबीच नेपालले सन् १९७८ मा थाइल्याण्डको बैंककमा आयोजना भएको आठौं एसियाली खेलकुद प्रतियोगितामा आधिकारीक रुपमा सहभागिता जनाएको थियो ।

सन् १९८२ मा दिल्लीमा र सन् १९८६ कोरियामा १० औं एसियाली खेलकुद प्रतियोगितामा समेत सहभागीता जनाइसकेको छ । यस्तै, सन् २०१९ मा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुद प्रतियोगितामा समेत भाग लिइसकेको छ ।

नेपालले सन् २०१५ देखि २०१९ सम्ममा पाँचौं संस्करणको एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता खेलेको थियो ।

सन् २०१७ मा माल्दिभ्समा भएको एभिसी सेन्ट्रल जोनमा नेपालले ४१ वर्षको इतिहासमा पहिलोपटक कास्य पदक जितेको थियो । योनै पुरुष भलिबलको पहिलो अन्तराष्ट्रिय पदक हो ।
राष्ट्रिय पुरुष भलिबले २०३३ सालमा धनगढीमा आयोजना भएको राष्ट्रिय प्रतियोगितामा पहिलो पटक सहभागीता जनाएको थियो ।

भर्खरै नेपालमा सम्पन्न एभिसी सेन्ट्रलमा सहभागी भएपनि नेपालले समूह चरणनै पार गर्न सकेन । सो खेलमा नेपालले पाँचौं स्थान प्राप्त गरेको थियो ।

तयारी :

सागलाई लक्षित गरेर नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले साउनबाट बन्द प्रशिक्षण सुरु गरेको हो । सागलाई लक्षित गरी भलिबल टिम कात्तिकको अन्तिम साता प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि भारतको बैंङ्लोरमा पुगेको थियो ।

बलियो प्रतिस्पर्धी भारतको राष्ट्रिय टिमसँग नेपालले ३ मैत्रीपूर्ण खेल खेलेको थियो ।
भ्रमणको दौरान नेपाली टिमको कमीकमजोरी पनि सुधारिएको प्रशिक्षक विरेन्द्र चौधरीले बताउँछन् ।

‘भारतमा रहँदा साग खेल्ने मध्यको एक उत्कृष्ट टिमसँग मैत्रीपूर्ण खेल खेल्यौ । त्यसमा नेपालको रिसिभ र सर्भिसको कमजोरीलाई सुधारेका छौ ।’ उनले भने ।

नेपाली टिमको प्रशिक्षकमा नियुक्त भएका डच प्रशिक्षक लेस्ले डि जोङ र विरेन्द्रको समन्वयमा खेलाडीले प्रशिक्षण गरिरहेका छन् ।

दुवै प्रशिक्षकले टिमको कमजोरी सर्भिस र रिसिभलाई लिएर काम गर्ने योजना भएको बताएका छन् ।

पदकको सम्भावना :

घरेलु मैदानमा दर्शकको सामू खेल्नु नेपालको बलियो पक्ष हो । भारतसँग खेलेको तीन मैत्रीपूर्ण खेलले रिसिभ र सर्भिसमा सुधार देखिएकाले पदकको सम्भावना केही देखिन्छ । नेपाली टिमको शारिरिक र आक्रमण पक्ष राम्रो छ ।

प्रतियोगितामा नेपालले बलिया प्रतिद्वन्दी भारत, पाकिस्तान, श्रीलङ्का तथा बंगलादेशसंग खेल्नेछ । त्यसैले नेपालको स्वर्णको सम्भावना निकै कम देखिन्छ ।

साग खेल्ने पुरुष भलिबल टिम :

ईम राना (कप्तान)
राजेन्द्र विष्ट
धनबहादुर भट्ट क्षेत्री
हरी हजुर थापा
टेकराज अवस्थी
हरी अधिकारी
दुर्गा खड्का
द्वारिका थापा
ईश्वर थापा मगर
विनोद चन्द
विशाल विक
शरण सम्री क्षेत्री
कुलबहादुर थापा

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

Bajaj Pulsar Motorcycle Ad
तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

आर्मीले चर्च ब्वाइजलाई घर फर्कायो

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

अन्तिम बलमा नेपालकाे हार

अन्तिम बलमा नेपालकाे हार

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत