काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान टियु क्रिकेट मैदानको दर्शक बस्ने ठाउमा 'डस्टबिन' राखिएको छ ।
सरोज खड्का लगायतका युवाको एक समूहले दर्शक बस्ने पारापिटमा डस्टबिन राखेको हो ।
दर्शक बस्ने पारापिटमा दर्शकहरुले कागज, प्लास्टिक लगायतका फोहोर पदार्थ जताततै फाल्ने गरेको कारण त्यसलाई व्यवस्थित गर्न डस्टबिन राखिएको सरोज खड्काले जानकारी गराए ।
सरोजको समूहले सोमबार टियु मैदानका कर्मचारीलाई दुई वटा डस्टबिन हस्तान्तरण गरेका थिए ।
बाँकी डस्टबिन अर्को हप्ता राखिने सरोजले जानकारी गराए ।

टियु मैदानमा शुक्रबार सकिएको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेपाली राष्ट्रिय क्रिकेट टिमबीचको तीन दिवसीय खेलको क्रममा चन्दा संकलन गरेर सरोजको समूहले डस्टबिन राखेको हो ।
उक्त खेलको दौरान २ हजार ४९० रुपैया चन्दा संकलन भएको र बाँकी रकम युवाहरुले आफै जुटाएर डस्टबिन राखेको हो ।
सरोजको समूहले शुक्रबार एमसीसी र नेपालबीचको खेल सकिएपछि मैदानको दर्शक बस्ने ठाउको सरसफाई गरेको थियो ।
यो पनि पढ्नुहोस् -
फोहर आफै सफा गर्न भन्दिनु है ....

तस्बिर - अनुप धामी