• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
फोहर आफै सफा गर्न भन्दिनु है ....
विश्वास थापा
शुक्रबार, कात्तिक २२, २०७६ विश्वास थापा
फोहर आफै सफा गर्न भन्दिनु है ....

काठमाडौं । तीन दिवसीय (फस्ट क्लास) क्रिकेटको अन्तिम दिन मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेपाली राष्ट्रिय क्रिकेट टिमको खेल कीर्तिपुरस्थित टियु मैदानमा भर्खर सकिएको थियो ।

खेल सकिएसँगै सबै पत्रकार खेलाडीको प्रतिक्रिया लिन पुग्दै थिए । खेलाडीको प्रतिक्रियासंगै मेरो नजर दर्शक दिर्घामा पुग्यो ।

म अचम्ममा परे ।

अघिसम्म चाउचाउ र पानीको खाली बोत्तलले ढाकिएको हरियो घाँस एक्कासी सफा देखिएको थियो ।

सात जना युवाहरुले १४ वटा कालो प्लास्टिकमा फोहर उठाउँदै थिए ।

को हुन यिनीहरु ? प्रश्न उब्जियो ।

एक हुल समर्थक खेलाडीसँग सेल्फी खिच्न मरिहत्य गरिरहेका थिए ।

केही युवा प्लास्टिक बोकेर फोहर उठाउन जुटिरहेका थिए ।

म उनीहरु नजिक पुगे ।

सरोज खड्का र बिराज खड्का दाजु भाई रहेछन् । उनीहरुले नै सुरुमा फोहर उठाउन थालेका रहेछन । न उनीहरु कुनै संस्थाबाट आएका थिए, न त कुनै चर्चा बटुल्न काम गर्दै थिए ।

उनीहरुले अघिल्लो खेलमा दर्शकले गरेको फोहर सामाजिक सञ्जालमा देखेका रहेछन् । प्लास्टिकको झोला, मास्क र पञ्जा आफै बोकेर फोहर उठाउन आएका रहेछन् ।

रंगशालाको फोहर सामाजिक सञ्जालमा देखेपछि दुबै दाजु भाईले मैदान सफा गर्ने अठोट कसेछन् ।

उनीहरु ५ मास्क, १२ ग्लोब्स र १७ पास्टिकको ब्याग लिएर मैदान पुगेका थिए ।

फोहर उठाउन सुरु गरे अरुले समेत साथ दिने विश्वासले उनीहरु मैदान पुगेका रहेछन् ।

नभन्दै दुई दाजु भाईले फोहर उठाउन थालेपछि अरु अपरिचित युवा समेत त्यसमा थपिए । उनीहरुलाई साथ दिन आईपुगे ।

त्यसमा थिए, सुरेश बिक्रम थापा, के आर जोशी, रजनीश जोशी र श्याम बराल ।

‘सामान्य क्रिकेट समर्थकको रुपमा खेलमात्र हेर्न आएका थियौं ।’ सरसफाईमा हातेमालो गरेका थापाले भने, ‘तर दुई जनाले मात्र यस्तो उदाहरणीय काम गरेको देखेर आफैलाई लज्जा भयो । र संगै साथ दिएको हुँ ।’

अरुले गरेको फोहर सफा गर्नै पर्छ भन्ने नि छैन । तर आफुले गरेको फोहर व्यवस्थापन गर्नु सबैको कर्तब्य पनि हो । तर त्यो कीर्तिपुरस्थित मैदान देखिएन ।

’हामीले गरेको फोहर हो ।’ सरसफाईमा जुटेका थापो भने, ‘कम्तिमा आफुले गरेको फोहर मात्र भएपनि व्यवस्थापन गर्नुपर्ने हो ।’

देश भिजिट नेपाल २०२० को तयारीमा छ । तर पर्यटन बर्षको महाउत्सवमा जुटिरहदाँ आफ्नो ठाँउ सफा गर्ने चेतना सबैमा हुनपर्ने हो ।

’कुनै पर्यटकीय स्थलमा गएर फोटो हाल्दैमा “भिजिट नेपाल’ सफल हुने छैन । साना साना कुरामा ध्यान दिन जरुरी छ । सभ्य हुन जरुरी छ ।’ सरोज थप्छन् ।

जनचेतनको कमीले नेपालीहरु जिम्मेवारपुर्ण बन्न नसकेको सरोज बताउँछन् ।

‘जातिलाई थाहा छ, उनीहरु पनि सभ्य बन्न डराए । त्यो बानीपनि छैन ।’ उनले भने, ‘मलाइ पनि सुरुमा यस्तै हुन्थ्यो । तर अरुले के सोच्ला भन्ने छाडेर सामाजिक कार्यमा लागि परेको छु । म बने देश बन्छ भन्ने कुरा सबैले बुझ्नु जरुरी छ ।’

अन्तराष्ट्रिय खेलाडीले खेल्ने मैदानमा यस्तो फोहर देख्दा नेपालबाट के सन्देश जाला ? उनी प्रश्न गर्छन् ।

खेल चल्दै थियो । दुई जनाले फोहर उठाउँदै थिए ।

उनीहरुको काममा केही अपरिचित युवाहरु जोडिए । तर केही भने खिसिट्युरी गर्न थाले ।

केहीले उनीहरुले भाईरल हुन नाटक गरेको समेत भन्न भ्याए ।

तर उनीहरुलाई कसैको प्रवाह थिएन ।

उनीहरु करिब एक घण्टा लगाएर सबै फोहर सफा गर्न भ्याए ।

जब खेल सकियो, १० मिनेटमै मैदान सबै सफा देखियो ।

फोहरमा सबै भन्दा धेरै चाउचाउका खोल थिए । प्लास्टिकका बोतलले उनीहरुले १७ पोका भरेका थिए ।

यसअघि पनि क्रिकेट समर्थकका बिभिन्न संस्थाले मैदान बाहिर दर्शकले गरेको फोहर उठाउँदै आएका थिए । तर यसपटक केही युवाले यसको नेतृत्व गरे ।

उनीहरुले दर्शक दिर्घामा फोहर राख्ने डस्टविन राख्न सुझाव दिए अनि मैदानबाट बिदा भए ।

अब खेल हेर्न आउने दर्शकले आफुले गरेको फोहर आफै व्यवस्थापन गर्नु भनेर लेखिदिन उनीहरुले अनुरोध गरे ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मान
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण
खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धि प्रशिक्षण
हाप्किडोमा नेपाललाई २ स्वर्ण र १ रजत पदक
हाप्किडोमा नेपाललाई २ स्वर्ण र १ रजत पदक
मोटर र्याली तथा अटो जिमखाना शनिबार हुने
मोटर र्याली तथा अटो जिमखाना शनिबार हुने
रहेनन् क्षितिज अरुण
रहेनन् क्षितिज अरुण
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
भुटानी लिगमा सन्तोष
भुटानी लिगमा सन्तोष
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP