काठमाडौं । इरानमा जारी एएफसी यू-१९ च्यापिम्पयनसिप छनोटको अन्तिम खेलमा नेपालले अहिले किर्गीस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
तेहरानस्थित पीएएस रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र किर्गीस्तानले गोलरहित बराबरी खेलेका छन् ।
छनोटको सुरुवाती दुई खेलमा पराजय व्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा किर्गीस्तानसँग खेलिरहेको हो ।
किर्गीस्तानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । तर, बलियो किर्गीस्तानविरुद्ध नेपाललाई जित निकाल्न कठिन भने रहेको छ ।
समूह 'डी' मा रहेको नेपालले २ खेलमा अंक जोड्न सकेको छैन । नेपाल समूहको पुछारमा रहेको छ । तर, अन्तिम खेलमा नेपाल कम्तिमा एक अंक जोड्न चाहन्छ ।
किर्गीस्तान २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
छनोटमा नेपालले पहिलो खेलमा युएई र दोस्रो खेलमा इरानसँग समान ४-० गोलको हार व्यहोरेको थियो ।
यस समूहको शीर्ष टिमले फाइनल चरणमा स्थान बनाउने छन् ।