एजेन्सी । इन्टर मिलान इटालियन सिरी 'ए' फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा भेरोनालाई २-१ गोल अन्तरले पराजित गर्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा सुरुवाती एक गोलले पछि परेको स्थिति उल्टाएर इन्टरले जित निकालेको हो ।
खेलको १९ औं मिनेटमा भालेरियो भेर्रेले पेनाल्टीमा गोल गर्दै भेरोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा इन्टर खेलमा फर्कियो । खेलको ६५ औं मिनेटमा माटीस भेसिनोले गोल गर्दै इन्टरलाई खेलमा फर्काए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा निकोलो बारेल्लाले गोल गर्दै इन्टरलाई २-१ को जित दिलाए ।
जितसँगै १२ खेलबाट इन्टरले ३१ अंक जोड्यो । शीर्ष स्थानमा उक्लिएको इन्टरले युभेन्ट्सलाई २ अंकले पछि पार्यो ।
पराजित भेरोना १५ अनक जोडेर नवौं स्थानमा छ ।
