• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेपाल २ सय ८ रनले पराजित
खेलपाटी संवाददाता
शुक्रबार, कात्तिक २२, २०७६ खेलपाटी संवाददाता
नेपाल २ सय ८ रनले पराजित

काठमाडौं । पाहुना टिम मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको तीन दिवसीय (फस्ट क्लास) क्रिकेटमा नेपाल २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

टियु क्रिकेट मैदानमा शुक्रबार एमसीसीले दिएको ३ सय ९३ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल ४० ओभर ३ बलमा अलआउट हुँदै १ सय ८४ रनमा समेटियो ।

लन्च ब्रेकसम्म ९ ओभरमा १ विकेट गुमाएर ५१ रन बनाएको नेपालले टी ब्रेकसम्म ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । त्यसपछि थप ४० रन जोड्दा नेपालले बाँकि दुई विकेट गुमाएको थियो ।

नेपालका लागि सोमपाल कामीले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । 

यस्तै राजु रिजालले ३१ रन जोड्दा सन्दीप लामिछानेले २५ रन जोडे । आरिफ शेख १९ रनमा आउट हुँदा करण केसीले १८ रन बनाए । शरद भेषवाकरले १४ रन तथा कप्तान ज्ञानेन्द्र मल्लले ६ रन बनाएर आउट भए । दिपेन्द्र सिंह ऐरी, पवन सर्राफ र विनोद भण्डारी सुन्य रनमा आउट भए ।

एमसीसीका ओलिभरले ५ विकेट लिए । एलेक्स थम्पसनको नाममा ३ विकेट रह्यो ।

यसअघि दोस्रो इनिङ्सको पहिलो सेसनमा ३६ ओभरमा ६ विकेट गुमाएर १८१ रन जोडेर एमसीसीले इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।

एमसीसीका लागि दोस्रो इनिङ्समा बिली गोडलम्यानलाई ३९ , टम वेस्ट्लीले ३४ तथा एड योङले ३१ रन बनाए । यस्तै विल रोड्सले ३० रन बनाए ।

नेपालका करण केसीले ३ विकेट लिए । यस्तै सोमपाल कामी, ललित नारायण राजवंशी र पवन सरार्फले १-१ विकेट लिए ।

यसअघि एमसीसीले पहिलो इनिङ्समा ३ सय ६४ रन बनाएको थियो । पहिलो इनिङ्समा एमसीसीका लागि चार खेलाडीले अर्धशतक बनाए ।

एमसीसीका विल रोड्स ७३ रनको अर्धशतकीय इनिङ्स खेल्दा विल भान्डेर्सपारले ५३ रनको र्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।

यासिर अराफाट ६५ रनमा अविजित रहे । टम वेस्ट्लीले ३९ रन जोड्दा एलेक्स थोम्पसनले ३० रन बनाए ।


नेपालका सन्दीप लामिछाने र करण केसीले ३/३ विकेट लिए । यस्तै सोमपाल कामी र शरद भेषवाकरले २/२ विकेट लिए ।

नेपालले भने पहिलो इनिङ्समा १५३ रन बनाएको थियो । पहिलो इनिङ्समा नेपाल ४४ ओभर ४ बलमा १५३ रन जोड्दा अलआउट भएको थियो ।

खराब ब्याटिङ गरेको नेपालले लन्च ब्रेकसम्म १८ रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाएको थियो । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल सुन्य रनमा आउट हुँदा राजु रिजालले ८ रन जोडे । यस्तै शरद भेषवाकर ४ रनमा आउट भए ।

यस्तै नेपालले ३१ रन जोड्दा पाँच विकेट गुमाएको थियो । तर, विनोद भण्डारी र सोमपाल कामीले अर्धशतकीय साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए ।

विनोदले ३६ रन बनाए भने सोमपाल २६ रनमा आउट भए ।

त्यसपछि आएका सन्दीप लामिछानेले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ३९ रन बनाए । उनले ४ छक्का र २ चौका प्रहार गरे ।

सन्दीपले अन्तिम विकेटको लागि ललित नारायण राजवंशीसँग ४२ रनको साझेदारी गरे । ललित सुन्य रनमा आउट भए ।

यस्तै नेपालका आरिफ शेखले १० रन बनाए ।

एमसीसीका यासिर अराफात र एलेक्स थम्पसनले समान ३/३ विकेट लिए ।

नेपालले करिब १४ वर्षपछि घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेलको हो । अब नेपालले एमसीसीसँग शनिबार टी-ट्वान्टी क्रिकेट खेल्नेछ ।

यसअघि भएको एकदिवसीयमा नेपालले एमसीसीलाई ५ विकेटले हराएको थियो ।

नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP