दोस्रो टोली उत्रिँदा पनि फ्रान्सको जित

काठमाडौं। दोस्रो दर्जाको (सेकेन्ड–स्ट्रिङ) टोलीसहित मैदान उत्रिएको फ्रान्सले आइतबार अजरबैजानलाई ३–१ ले हराउँदै विश्वकप छनोट अभियान सफलतापूर्वक समापन गर्यो।
फ्रान्स यो खेलअघि नै विश्वकपका लागि योग्य भइसकेको थियो। प्रशिक्षक डिडिए डेस्च्याम्प्सले युक्रेनविरुद्ध बिहीबार स्थान पक्का गरेपछि आइतबारको खेलमा पूरा टोली नै परिवर्तन गरेका थिए।
६ खेलबाट १६ अंकसहित युरोपको समूह ‘सी’मा फ्रान्स शीर्षस्थानमा रह्यो। रेनात दादासोभले दिएको प्रारम्भिक अग्रता उल्ट्याउँदै ज्यान–फिलिप माटेटा, म्यान्स आक्लिउशका गोल र सेख्रुद्दिन मगोमेदालिएभको आत्मघाती गोलले फ्रान्सलाई जित दिलायो।
नयाँ खेलाडीहरूमा समन्वयको कमी देखायो। तर, उत्साह र प्रेरणा कम थिएन। यस जितले फ्रान्सलाई आगामी चरणका लागि थप गति प्रदान गरेको छ र डिसेम्बर ५ मा हुने विश्वकप ड्रमा फ्रान्स ‘सीडेड’ टोलीका रूपमा रहनेछ।
खेलको चौथो मिनेटमा रहमान दास्दामिरोभको क्रसमा दादासोभले गोल गर्दै फ्रान्सलाई स्तब्ध पारे। बाँया विङमा मालो गुस्तो झसङ्ग परेको क्षणको










-1763309767672.webp&w=3840&q=75)

