नेयमारको सान्तोस रेलिगेसनबाट बच्यो

काठमाडौं। ब्राजिलको क्लब फुटबलको शीर्ष प्रतिस्पर्धामा दोस्रो स्थानमा रहेको टिम भए पनि पाल्मेरासलाई आत्मपरीक्षा सामना गर्नुपर्यो। तर, ड्रले पनि नेयमार जुनियरको क्लब सान्तोसलाई बचाउन सक्दैन्थ्यो।
रेलेगेसन टार्न सान्तोसलाई जित आवश्यक थियो। अन्ततः रोमाञ्चक खेलको इन्जुरी समयमा आएको गोलले (१–०) सान्तोस आवश्यक तीन अंक बटुल्न सफल भयो।
घरेलु मैदान भिल्ला बेल्मिरोमा पाल्मेरासलाई स्वागत गरेको सान्तोसले खेलभरि लगभग बराबरीको लयमा खेलेको थियो। बल पजेशनमा उनीहरू नै अगाडि रहे।
१७ प्रहारमध्ये ३ मात्र पोस्टमा लागे पनि निर्णायक गोलका लागि ९१ मिनेट पर्खिनुपर्यो। ९० मिनेट पूरा खेलेका नेयमार आफैंदे गोल गर्न नसके पनि धेरै आकर्षक अवसर सिर्जना गरे। एक मात्र गोल बेन्जामिन रोलहाइजरले गरे।
यो जितसँगै २० टोली रहेको लिगमा १६औं स्थानमा रहँदै सान्तोसले रेलिगेसनबाट आफूलाई बचायो। यद्यपि, केही खेल बाँकी भएकाले टोली पूर्ण रूपमा सुरक्षित भने छैन।
३३ खेलबाट ९ जित र ९ बराबरी खेलेको सान्तोसको ३६ अंक छ। १७औं स्थानमा रहेको भिटोरियाको अंक ३५ छ। अर्थात्, यदि सान्तोसले ड्र गरे पनि तल्लो स्थानमा झर्नुपर्ने थियो। अर्कोतर्फ, ६८ अंकसहित पाल्मेरास दोस्रो स्थानमा छ भने ३ अंक बढी जोडेको फ्लामेङ्गो शीर्षमा छ।
संघर्षपूर्ण जित भए पनि अन्तत नेयमारका लागि राहतपूर्ण रह्यो। लगातार चोटका कारण राष्ट्रिय टिमबाट बाहिरिनु, सान्तोससँगको सम्झौता नवीकरणबारे अन्योल हुनु र पछिल्ला विवाद यी सबैबीच टिमलाई रेलेगेसनबाट जोगाउन सकेपछि बार्सिलोना र पीएसजी पूर्वस्ट्राइकर निकै भावुक बने।










-1763309767672.webp&w=3840&q=75)

