एजेन्सी । प्रशिक्षक जिनेदिन जिदानले रियल मड्रिडका लागि करिम बेन्जिमा रोनाल्डो जस्तै रहेको बताएका छन् ।
फ्रेन्च फरवार्डले च्याम्पियन्स लिगमा ५० गोल पुरा गरेपछि जिदानको सो भनाई बाहिर आएको हो ।
टर्कीस क्लब गलातासारेलाई हराउने क्रममा बेन्जिमाले रियलका लागि दुई गोल गरेका थिए । सो क्रममा उनले क्लबका लागि च्याम्पियन्स लिगमा ५० गोलको कोशेढुङ्गा पार गरेका थिए ।
ब्राजिली युवा स्टार रोड्रिग्व चम्किएको खेलमा रियलले ६–० को फराकिलो जित आत्मसाथ गरेको थियो ।
च्याम्पियन्स लिगमा ५० गोलको आँकडा पार गरेपछि ३१ बर्षका बेन्जिमाले रियलका लिजेण्ड अल्फ्रेडो डी स्टिफानोको ४९ गोललाई समेत उछिनेका छन् ।
बेन्जिमा भन्दा राहुल र रोनाल्डोमात्र अगाडी रहेका छन् ।
बेन्जिमाकै राष्ट्रबाट प्रतिनिधित्व गरेका जिदानले गोल संख्याले बेन्जिमाबारे धेरै कुरा बताउने बताए ।

'जसले फुटबल मन पराउँछन, सबैलाई उनको क्षमता थाहा छ । उनी टिमकालागि महत्वपुर्ण छन् । उनले आफ्नो काम धेरै राम्रोसंग गर्छन् ।' उनले भने ।
'म उनीसंग निकै खुसी छु । उनले क्लबका लिजेण्ड अल्फ्रेडो डी स्टिफानोलाई पछाडी छाडेका छन् ।' जिदानले थपे, 'उनी अहिले क्लब ईतिहासका रोनाल्डो जस्तै देखिएका छन् ।'
'उनले अहिले केही आश्चार्य गरिरहेका छन् । हामीले यसको मजा लिईरहेका छौ ।' उनले भने ।

बेन्जिमाले गत सिजन ३० गोल गरेका थिए ।
बेन्जिमाले भनेका छन्, 'म लिजेण्ड हैन । जब मैले क्लबसंग हस्ताक्षर गरेको थिए, मैले यो उपलब्धि हासिल गर्छु भन्ने सोचेका थिएन । म निकै खुसी छु ।'