काठमाडौं । नागर्जुन नगरपालिका वडा ७ को ‘ए’ टिमले प्रथम मेयर कप फुटबल प्रतियोगितामा बिहीबार सफलता हात पारेको छ ।
युथ हसन्टार क्लबद्वारा आयोजित प्रतियोगितामा वडा ७ ‘ए’ ले आफ्नै वडाको ‘बी’ टिमलाई ५–२ गोलले पराजित गर्यो ।
विजयी टिमका लागि राहुल खड्काले ह्याट्रिक गरे भने निरक खड्काले १ गोल थपे । बाँकी १ गोल आत्माघाती रह्यो । निरक ‘म्यान अफ द म्याच’ घोषित भए ।
हसन्टार फुटबल मैदानमा भइरहेको प्रतियोगिताको अर्को खेलमा वडा ७ ‘ए’ ले वडा १ ‘बी’ लाई टाइब्रेकरमा ४–२ गोलले हरायो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । विजेताका विवेक लामा ‘म्यान अफ द म्याच’ चुनिए ।