काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेलिरहेको नेपालले अहिले म्यानमारसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ ।
मन्डला थिरी स्टेडियमा जारी खेलमा नेपाल १-० ले पछि परेको छ । खेलको तेस्रो मिनेटमै म्यानमारले फ्रिकिक बलमा हेड गोल गरेको छ ।
विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेल अघि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो । म्यानमारसँगको मैत्रीपूर्ण खेललाई नेपालले कुवेतसँगको तयारीको रुपमा लिएको छ ।