काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेलिरहेको नेपालले अहिले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
मन्डला थिरी स्टेडियमा हुने खेल अपरान्ह ४:१५ बजे सुरु हुनेछ । र, नेपालले म्यानमारसँग खेल्ने सुरुवाती-११ को घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक योहान कालिनले विमल घर्ति मगरलाई अग्रपंक्तिको जिम्मेवारी दिएका छन् । नेपाली टिम सुजल श्रेष्ठको कप्तानीमा मैदान उत्रने छ ।
विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेल अघि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । म्यानमारसँगको मैत्रीपूर्ण खेललाई नेपालले कुवेतसँगको तयारीको रुपमा लिएको छ ।
नेपाली टिम :
गोलरक्षक : विकेश कुथु
डिफेन्डर : सुमन अर्याल, दिनेश राजबंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ
मिडफिल्डर : रवि पासवान, सन्तोष तामाङ, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ
स्ट्राइकर : बिमल घर्ति मगर