एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा बिहिबार (आज) राति सर्बियन क्लब एफके पार्टिजनको सामना गर्दैछ ।
युरोपा लिग अन्तर्गत समूह चरणको खेलमा युनाइटेडले सर्बियन क्लबलाई घरेलु मैदानमा आथित्यता प्रदान गर्नेछ । युनाइटेड र पार्टिजनबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
ओल्ड ट्राफोर्डमा युनाइटेड सहज जित निकाल्दै अन्तिम १६ को नजिक पुग्न चाहन्छ । तर, यस सिजन खराब लयमा गुज्रिरहेको युनाइटेडलाई पाहुना टोलीको डर भने रहेको छ ।
किनकी युनाइटेडले यस सिजन लयात्मक प्रदर्शन गर्न सकिरहेको छैन । प्रिमियर लिगमा युनाइटेडको खराब प्रदर्शन कायम रहेको छ ।
समूह एलमा रहेको युनाइटेडले ३ खेलमा ७ अंक जोडेको छ । र, शीर्ष स्थानमा छ । पार्टिजन ४ अंक जोडेर तेस्रो स्थानमा छ । यस्तोमा पाहुना टिम पार्टिजन युनाइटेडलाई हराउँदै नकआउट चरण पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।
युरोपा लिग अन्तर्गत नै बिहिबार स्पेनिस क्लब सेभियाले एफ ९१ डुडेलागेसँग खेल्दैछ । अर्को स्पेनिस क्लब गेटाफेले बसेलसँग खेल्ने छ ।
इटालियन क्लब रोमाले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाचसँग खेल्दा लाजियोले सेल्टिकसँग खेल्नेछ ।