एजेन्सी । युवा स्टार रोड्रिग्वकोको ह्याट्रिक र करिम बेन्जिमाको दुई गोलमा रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा रियल मड्रिडले टर्किस क्लब गलातासारेलाई ६–० गोल अन्तरले हराएको हो ।
खेलको अग्रता रियलले चौथो मिनेटमा रोड्रिग्वको गोलबाट लिएको थियो । सातौ मिनेटमा उनैले रियलको अग्रता दोब्बर बनाएका थिए ।
सर्जियो रामोले १४ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई ३–० ले अघि बढाएका थिए ।
करिम बेन्जिमाले ४५ औ मिनेटमा गोल गर्दै पहिलो हाफमा रियललाई ४–० ले अघि बढाएका थिए ।
बेन्जिमाले ८१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई फराकिलो जितर्फ डोर्याएका थिए । ईन्जुरी समयमा रोड्रिग्वेले गोल गर्दै ह्याट्रिक पुरा गरे ।

समूह एमा रहेको रियलले ४ खेलबाट ७ अंक जोड्यो । रियललाई नकआउट चरणमा छनोट हुन मात्र २ अंक आवश्यक छ ।
हारसंगै टर्किस क्लब गलातासारे प्रतियोगिताबाट बाहिरिएको छ ।
ब्राजिलियन फरवार्ड रोड्रिग्वले रियल मड्रिडबाट ६ खेलमा मात्र मौका पाएका छन् । उनी दोस्रो पटक च्याम्पियन्स लिगमा देखिएका हुन् ।