एजेन्सी । युरोपा लिग फुटबलमा इन्ग्लिश क्लब आर्सनल बराबरीमा रोकिएको छ ।
समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनल पोर्चुगिज क्लब भिक्टोरिया एससीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
भिक्टोरियाको मैदानमा सुरुवाती अग्रता बनाए पनि अन्तिम केहि मिनेट सम्हालिन नसक्दा आर्सनल बराबरीमा रोकिएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८० औं मिनेटमा शोक्द्रान मुस्ताफीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

तर, खेलको इन्जुरी समयमा ब्रुनो दुआर्टेले गोल गर्दै भिक्टोरियालाई १-१ गोलको बराबरीमा फर्काए ।
बराबरीसँगै समूह एफ को आर्सनलले ४ खेलमा १० अंक जोडेको छ । आर्सनल समूहको शीर्ष स्थानमा रहेको छ ।
भिक्टोरिया १ अंक जोडेर पुछारमा रहेको छ । भिक्टोरियाको यो पहिलो अंक समेत हो ।