काठमाडौं । नागर्जुन नगरपालिका वडा ७ को ‘बी’ टिमले प्रथम मेयर कप फुटबल प्रतियोगितामा बुधबार जित हात पारेको छ ।
हसन्टार फुटबल मैदानमा भएको खेलमा वडा ७ ‘बी’ ले वडा ९ ‘ए’ लाई ४–२ गोलले पराजित गर्यो ।
विजेताका विशाल घलेले २ तथा सलिल घले र नवीन लामाले १–१ गोल गरे । नवीन ‘म्यान अफ द म्याच’ चुनिए ।
युथ हसन्टार क्लबद्वारा आयोजित प्रतियोगिताको अर्को खेलमा वडा १० ले वडा २ बाट वाक ओभर पायो ।