काठमाडौं । एएफसी यू–१९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले फराकिलाे हार ब्यहोरेको छ ।
ईरानको तेहरानस्थित पीएएस मैदानमा बुधबार भएको खेलमा नेपाल युएईसंग ४–० गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफमै २–० ले अघि बढेको युएईले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।
खेलको २७ औ मिनेटमा नेपालको आत्मघाति गोलबाट युएईले अग्रता लिएको थियो ।
३८ औ मिनेटमा ईशा खालिफानले युएईको अग्रता दोब्बर पारेका थिए ।
खालिफा युसुफले ७१ औ मिनेटमा युएईलाई ३–० ले अघि बढाएका थिए ।
ईन्जुरी समयमा अब्दुल्ला हामिदले गोल गर्दै नेपाललाई फराकिलो हार चखाए ।
कोरियामा प्रशिक्षणरत फरवार्ड मनिष डाँगीलाई बाहिर राख्दै मुख्य प्रशिक्षक मेघराज केसीले प्लेईङ सेट तयार पारेका थिए ।
तर फरवार्ड रेजिन सुब्बा नेतृत्वको नेपाली टिमले गोल निकाल्न भने सकेन ।
फरक नतिजा निकाल्ने दाबी सहित ईरानमा पुगेको नेपाली टिम पहिलो खेलमै फराकिलो हार ब्यहोरेको छ ।
समूह डीमा रहेको नेपालले अब घरेलु टोली ईरानसंग शुक्रबार खेल्नेछ । त्यस्तै समूह चरणको अन्तिम खेलमा आईतबार कीर्गिस्तानसंग खेल्नेछ ।
शीर्ष टिम प्रतियोगिताको फाईनल चरणमा प्रवेश गर्नेछ ।