झापा । विभागीय टिम त्रिभुवन आर्मी क्लब झापामा जारी हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबार भारतको मोलवे एफसी असामलाई २-० गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो ।
आर्मीको जितमा टेक बहादुर बुढाथोकी र दिपक गुरुङले एक एक गोल गरे ।
खेलको छैटौं मिनेटमा टेक बहादुरले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । यस्तै खेलको ७४ औं मिनेटमा दिपकले फ्रिकिकबाट गोल गर्दै आर्मीलाई २-० कोजित दिलाए ।
खेलको म्यान अफ दी म्याच आर्मीका टेकबहादुर चुनिए ।
गोल्डकपमा बिहीबार चर्च ब्वाइज एफसी र गोर्खा ब्वाइज एफसी बुटबलबीच खेल हुनेछ ।
गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।