काठमाडौं । इरानमा जारी एएफसी यू–१९ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले पहिलो खेलमा अहिले युएईको सामना गरिरहेको छ ।
इरानको तेहरानस्थित पीएएस मैदानमा जारी खेलको पहिलो हाफ सकिदा नेपाल युएईसँग २–० गोल अन्तरले पछाडी परेको छ ।
बलियो युएईविरुद्ध नेपाल खेलको २७ औं मिनेटमा पहिलो गोल खाएको थियो । नेपाली गोलकिपर विशाल सुनार अगाढी बढेको अवस्थामा युएईका खेलाडीले मध्य भागबाट गोल गरेका थिए ।
त्यस्तै खेलको ३८ औं मिनेटमा एशा खलफान अल हरसीले गोल गर्दै युएईको अग्रता दोब्बर पारे । उनले नेपाली ४ डिफेन्डर र गोलकिपरलाई बिट गर्दै गोल गरेका हुन् ।
समूह ’डी’ मा रहेको नेपालले दोस्रो खेल घरेलु टोली इरानसँग ८ नोभेम्बर र अन्तिम खेलमा १० नोभेम्बरमा किर्गिस्तानको सामना गर्नेछ । समूहको शीर्ष टोलीले फाइनल चरणमा स्थान बनाउने छन् ।