काठमाडौं । इरानमा आयोजना हुने एएफसी यू–१९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा अहिले नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ ।
इरानको तेहरानस्थित पीएएस मैदानमा नेपालले युएईसँग खेल्ने सुरुवाती-११ को घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक मेघ राज केसीले कोरियाको एकेडेमीमा फुटबल खेल्दै आएका मनिष डाँगीलाई बाहिर राख्दै सुरुवाती-११ को घोषणा गरेका छन् । यस्तै यू-१८ मा कप्तान तथा मिडफिल्डर जया गुरुङ सुरुवाती-११ मा परेका छैनन् ।
समूह 'डी' मा रहेको नेपालले दोस्रो खेल घरेलु टोली इरानसँग ८ नोभेम्बर र अन्तिम खेलमा १० नोभेम्बरमा किर्गिस्तानको सामना गर्नेछ ।
समूहको शीर्ष टोलीले फाइनल चरणमा स्थान बनाउने छन् ।
नेपाली टिम :
गोलरक्षक : विशाल सुनार
डिफेन्डर : रोशन दोङ, पदम भट्टराई, विकाश खवास, नविन गुरुङ
मिडफिल्डर :अनिल महर्जन, आकाश राना मगर, दिनेश हेम्जाङ, दिपेश आले मगर
स्ट्राइकर : राजिब लोप्चान, रेजिन सुब्बा