• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नतिजा निकाल्ने दबाब !
नमीन ढकाल
बुधबार, कात्तिक २०, २०७६ नमीन ढकाल
नतिजा निकाल्ने दबाब !
फाइल तस्बिर

काठमाडौं । पछिल्लो एक महिना नेपालले उमेर समूहको साफ यू–१८ च्याम्पियनसिपमा अप्रत्यासित नतिजा आत्मसाथ गर्यो ।

दुई पटकको च्याम्पियन नेपाल घरेलु मैदानमा समूह चरणबाटै बाहिरियो ।

उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य लिएको नेपालले समूह चरणमा भुटानसंग ४–० को लज्जास्पद हार ब्यहोरेको थियो ।

अप्रत्यासित नतिजासंगै मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले नैतिकताको आधार भन्दै पदबाट राजिनामानै दिए । अन्य दुई सहायक प्रशिक्षक समेत पदबाट हटाईए ।

साफमा फितलो नतिजा आत्मसाथ गरेको नेपालले आज (बुधबार) बाट इरानमा सुरु हुने एएफसी यू–१९ छनोट च्याम्पियनसिप खेल्दैछ ।

नेपालले आयोजक इरानसँगै युएई र कीर्गिस्तानसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता हेर्न एन्फाले मुख्य प्रशिक्षकमा मेघराज केसीलाई जिम्मेवारी दिएको छ । सहायक प्रशिक्षकमा प्रकाश अर्याल र गोलरक्षक प्रशिक्षकमा उज्जवल मानन्धर भने मेघराजकै रोजाईका छन् ।

मेघराज उनै प्रशिक्षक हुन्, जसले सन् २०११ म बेलायती प्रशिक्षक ग्राहम रोबर्ट्ससंग राष्ट्रिय फुटबल टिम हेरेका थिए ।

त्यो समय नेपालले फिफा वरियतामा सबैभन्दा उच्च वरियता १ सय २६ औ स्थान हासिल गरेको थियो ।

एक हिसावले मेघराजले लामो समय सिनियर स्तरको फुटबल टिम हेरे । तर राष्ट्रिय टिममा उनको भूमिका सधै सहायकनै रह्यो ।

उनै अनुभवी प्रशिक्षक मेघराजलाई एन्फाले नयाँ जिम्मेवारी दिएको छ । मुख्य प्रशिक्षकको रुपमा यू–१९ को जिम्मेवारी सुम्पिएको हो ।

उमेर समूहमा लर्खराएको नेपालको प्रर्दशन उकास्ने लक्ष्य सहित मेघराजले टिमको नेतृत्व लिएका छन् । तर पछिल्लो समय ओरालो लागेको उमेर समूहको प्रर्दशन र नतिजा उकास्न उनलाई सहज भने पक्कै हुने छैन ।

युवा टिमले दशै लगत्तै तयारी सुरु गरेको थियो । केसी प्रारम्भिक रुपमा ४८ खेलाडी बोलाएका थिए । त्यसैबाट उनले अन्तिम टिम तयार गरेका थिए ।

सागको तयारीमा रहेका खेलाडी सहित साफ यू–१८ खेलेका अधिकांश खेलाडी उनको साथमा छन् ।

तर, उनले तयारीको समय भने छोटो पाए । करिब २० दिनमा उनले एएफसीको छनोट खेल्ने टिम तयार पारेका हुन् ।

‘सुरुमा खेलाडीको क्षमता हेरेको छु । त्यसपछि विपक्षी अनुसार खेल्न सक्ने खेलाडीलाई प्राथमिकतामा राखेको छु । विपक्षी टिम निकै बलिया छन् । उनीहरुलाई टक्कर दिन सक्ने खेलाडी छनोट गरेको छु ।’ खेलाडी छनोटबारे प्रशिक्षक केसीले भने ।

युवा टिमले करिब २० दिन सातदोबाटोस्थित एन्फा कम्लेक्समा तयारी गर्यो । तर नेपाललाई कृत्रिम मैदानमा गरेको तयारीको लाभ मिल्ने छैन ।

कृत्रिम मैदानमा तयारी गर्दै आएको नेपाली टिमले घाँसे मैदानमा प्रतिस्पर्धा गर्नेछ । जसको असर साफमा देखिएको थियो ।

साफमा पराजयको एक कारण कृत्रिम मैदानको अभ्यासनै रहेको तत्कालिन प्रशिक्षक चेतनारायण श्रेष्ठले भनेका थिए ।

‘तयारी कृत्रिम मैदानमा भयो । त्यसैले खेलाडी खेल्न सकेनन् ।’ खेलाडीको प्रर्दशनलाई लिएर उनको प्रतिक्रिया थियो ।

एसियाली क्षेत्रको ठुलो प्रतियोगिता खेल्न लागेको नेपालको तयारी कृत्रिम मैदानमै भएको छ । जसको असर खेलमा देखिन सक्नेछ ।

समूह डीमा रहेको नेपालले आज (बुधबार) युएईसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

दोस्रो खेलमा नेपालले शुक्रबार इरानसँग र शनिबार बलियो प्रतिद्वन्दी कीर्गिस्तानसंग खेल्नेछ ।

एघार समुहका शीर्ष टिम सिधै फाईनल चरणमा छनोट हुनेछन् । उत्कृष्ट ४ टिम समेत प्रतियोगितामा छानिने छन् । आयोजकको हिसाबले उज्वेकिस्तान सिधै छनोट हुनेछ ।

मेघराजले कुनै समय एन्फाको पहिलो ब्याजका खेलाडी हेरेका थिए । उनले सुरुवाती ३ ब्याजसम्म विभिन्न उमेरका खेलाडी हेर्न भ्याए ।

तर पछिल्ला १० बर्ष भने उनी क्लब फुटबलमा रमाए ।

यस दौरान उनले हिमालयन शेर्पादेखि फ्रेन्ड्स क्लब अनि त्रिभुवन आर्मी हुदै थ्री स्टार क्लबसम्म सम्हाले । सिनियर खेलाडीको नेतृत्व गरिरहेका मेघराजलाई उमेर समुहका खेलाडीबाट नतिजा निकाल्नुपर्ने चुनौती छ ।

तर उनी टिम हेर्न खासै गाह्रो नहुने बताउँछन् ।

‘धेरै समयपछि उमेर समुहको टिम हेरेको छु । सानो ठाउँ छ, खेलाडी र फुटबलमै छु । त्यसैले सबैसंग निरन्तर सम्पर्कमा छु । आफुपनि उत्साहित छु र खेलाडीमा समेत उत्साह भेटेको छु । खेलाडीको उत्साहलाई सदुपयोग गर्दै उच्चस्तरको टिमलाई टक्कर दिने टिम तयार पारेका छु ।’ उनले भनेका छन् ।

‘धेरै समय प्रशिक्षकको क्षेत्रमा रहेर काम गरे । जुन टिम लिए पनि त्यसलाई बलियो बनाउनु पर्छ । मेरो प्रशिक्षक करियर समेत उमेर समुहको खेलाडी हेरेर भएको हो । यो मेरो कर्म हो । यसका लागि तयार छु ।’ मेघराजले थपे ।

उनले हरेक खेलमा राम्रो प्रर्दशन गर्दै नतिजा निकाल्ने योजना बनाएका छन् ।

‘राम्रो प्रदर्शन गरेर राम्रो नतिजा दिने कोशिस गर्नेछु । फुटबलमा दबाब लिने बानी छैन । हरेक खेलमा कमाउने बाहेक गुमाउने केहि हुन्न । यू–१९ टिमले देशको लागि र टिमको लागि पक्कै पनि केहि उपलब्धी लिएर आउछ ।’ उनले थपे ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
अझै ला लिगा उपाधिको आशमा रियल
अझै ला लिगा उपाधिको आशमा रियल
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
umbro nepal
  • ताजा समाचार
  • खेल आज
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
अझै ला लिगा उपाधिको आशमा रियल
अझै ला लिगा उपाधिको आशमा रियल
रोयल्स र गोल्डेनगेटको जित
रोयल्स र गोल्डेनगेटको जित
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP