काठमाडौं । एएफसी यू–१९ छनोट च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा युएईसंग प्रतिस्पर्धा गर्दैछ ।
ईरानमा आज (बुधबार) सुरु हुने प्रतियोगितामा नेपालले समुह चरणको पहिलो खेलमा युएईसंग खेल्न लागेको हो ।
खेल तेहरानस्थित पीएएस मैदानमा नेपाली अनुसार साँझ ५ बजे सुरु हुनेछ ।
प्रतियोगिता खेल्न नेपाली टिम गत सोमबार ईरान प्रस्थान गरेको हो ।
नेपाली टिमका मुख्य प्रशिक्षक मेघराज केसीले युएईविरुद्व खेल्न नेपाली टिम तयार रहेको बताए ।
‘खेलका लागि नेपाली टिम तयार छ । तर लामो यात्राले गाह्रो हुन सक्छ ।’ उनले भने ।
छनोट प्रतियोगिताको नेपाल समूह डीमा छ । नेपालल युएईसगै शुक्रबार घरेलु टोली ईरान र आईतबार कीर्गिस्तानसंग प्रतिस्पर्धा गर्नेछ ।
समुह शीर्ष टिमले सोझै फाईनल चरणमा स्थान बनाउनेछ ।
प्रशिक्षक केसीले टिमका मुख्य खेलाडी मानिएका व्रिजेश चौधरी, राष्ट्रिय टिमको क्लोज क्याममा समेत रहिसकेको नितिन थापा तथा शिशिर लेखीलाई टिमबाट बाहिर राखेर अन्तिम टिमकाे घाेषणा गरेका थिए ।
नेपाली टिम :
गोलकिपर : विशाल सुनार, रोहित कार्की, पुजन होना
डिफेन्डर : बिशाल बस्नेत, सन्दीप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, विकाश खवास, योगेश गुरुङ, निराजन महर्जन
मिडफिल्डर : दर्शन गुरुङ, रन्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, अनिल महर्जन, दिनेश हेम्जन
फरवार्ड : मनिष डाँगी, राजिव लोप्चन, रेजिन शुब्बा, दिपेश आले मगर