• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Fifa 2018
  • गृहपृष्ठ
  • Fifa 2018
रुस विश्वकपको प्रतिक्षामा खेलाडी, तीन खेलका राष्ट्रिय खेलाडी के भन्छन् ?
खेलपाटी संवाददाता
बिहीबार, जेठ ३१, २०७५ खेलपाटी संवाददाता
रुस विश्वकपको प्रतिक्षामा खेलाडी, तीन खेलका राष्ट्रिय खेलाडी के भन्छन् ?

काठमाण्डौं । बहुप्रतिक्षित प्रतियोगिता फिफा विश्वकप फुटबल रुसमा आजबाट सुरु हुँदैछ । प्रत्येक चार बर्षपछि आयोजना हुने विश्वकप खेलप्रेमीको लागि निकै प्रतिक्षाको विषय बन्छ ।

रुसमा हुने २१ औं संस्करणको विश्वकपको उद्घाटन हुन् केहि घण्टा बाँकी रहदा विश्वभरका खेलप्रेमीहरु पहिलो खेलको प्रतिक्षामा छन् । विश्वकपको प्रतिक्षामा बस्नेमा नेपालका खेलाडीहरु पनि पर्छन् ।

विश्वकपको प्रतिक्षामा फुटबल खेलाडी मात्र छैनन् । अन्य खेलका खेलाडी पनि विश्वकपको उत्तिकै प्रतिक्षामा छन् । खेलपाटी डटकमका लागि रुस विश्वकपबारे तीन खेलका ३ राष्ट्रिय खेलाडीले आफ्नो धारणा राखेका छन् ।

भलिबलका मान बहादुर श्रेष्ठ, करातेका पर्शुराम बास्तोला र टेबलटेनिसकी रविना महर्जन रुस विश्वकपबारे के भन्छन् ? उनीहरुकै शब्दमा ....

मान बहादुर श्रेष्ठ (भलिबल)

विश्वकपमा मेरो समर्थन जर्मनीलाई हुनेछ । जर्मन टिमको कम्बिनेसन धेरै राम्रो छ । ११ खेलाडी उस्तै छन् । जर्मन टोलीका सबै खेलाडीले मेहेनत गर्छन् जस्तो मलाई लाग्छ । डिफेन्स देखि फरवार्डको मेहेनत राम्रो छ ।

मैले सन् २०१० बाट विश्वकप हेर्न सुरु गरेको हो । चार बर्षपछि आउने भएर होला विश्वकपको लागि निकै उत्साहित छु । विश्वकपको प्रतिक्षामा छु । समय मिलेमा सबै खेल हेर्छु । तर, एसियन गेम्सको क्लोज क्याम्पमा रहेको कारण समय मिल्दैन कि भन्ने लागेको छ । बिहान र बेलुकाको ट्रेनिङपछि समय मिलाएर विश्वकप हेर्छु ।

यो पटकको विश्वकपमा पोर्चुगलको क्रिस्टियानो रोनाल्डो चम्कने मेरो अनुमान छ । युवामा ब्राजिलको नेयमार पनि चक्कने छन् ।  अर्जेन्टिनाका लियोनल मेस्सीको प्रदर्शन अन्य समय जस्तै सदाबहार हुन्छ भन्ने लागेको छ । उनी निकै स्किलफुल छन् ।

जर्मनी बाहेकको अर्को कुनै टिमले विश्वकप जित्छ भने त्यो स्पेनले जित्नेछ । मलाई लाग्छ, स्पेनको पनि टिम गेम एकदमै राम्रो छ । खेलाडीहरु पनि राम्रा छन् । स्पेन विश्वकप जितिसकेको टोली पनि हो । स्पेनको टोलीमा जित्ने भावना धेरै हुन्छ । 

 

रबिना महर्जन (टेबलटेनिस)

यो विश्वकपमा स्पेनलाई समर्थन गर्छु । स्पेनमा टप प्लेयरहरु छन् । स्पेनिस टोलीमा टिम वर्क निकै राम्रो छ । आफ्नो लिगमा सबैले उत्कृष्ट प्रदर्शन गरेका छन् । स्पेनिस टिमको मनपर्ने खेलाडी गोलकिपर डेभिड डी गिया हो ।

जर्मनी सधै उपाधि दाबेदार टिम हो । जर्मनीको टोलीमा बुन्डेस लिगा र वायर्न म्युनिखबाट खेल्ने खेलाडीहरु बढी रहेको कारण टिम वर्क राम्रो छ । टिमको कम्बिनेसन मिलेको हुन्छ । जर्मनी यस्तो टिम हो जो प्राय सेमिफाइनल पुगिरहेको हुन्छ ।

यो पटकको विश्वकपमा चम्कने सक्ने खेलाडीमा स्पेनको इस्को र ब्राजिलको ग्राबियल जिसस हो । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनल मेस्सी क्लब फुटबलमा सधै राम्रो गर्ने खेलाडी हो ।

तर, विश्वकपमा चै राम्रो प्रदर्शन गर्न सकेका छैनन । समर्थकहरु उनीहरुबाट उत्तिकै राम्रो प्रदर्शनको आशा गर्छन । यो पटक उत्कृष्ट प्रदर्शन गरेर आफ्नो टिमलाई विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाउने छन् भन्ने लागेको छ ।

मैले सन् २००२ बाट विश्वकप हेर्न सुरु गरेको हो । र, यो विश्वकपको दिन गनेर बसेको छु । चार बर्षमा एक पटक आउने हुनाले एक्साईटेड छु । विश्वकप सबै खेलाडीहरुको लागि मौका हो, आफ्नो राष्ट्रको लागि खेल्ने । आफ्नो राष्ट्रलाई खेलको माध्यमबाट चिनाउने अर्को माध्यम पनि हो ।

यो विश्वकपको सबै खेल त् हेर्दिन तर स्पेनको सबै खेल हेर्छु । स्पेन बाहेक अन्य राम्रो टिमको खेल हेर्छु ।

 

पर्शुराम बास्तोला (कराते )

यो विश्वकपमा म ब्राजिललाई सपोर्ट गर्छु । किनकी विश्वकपमा ब्राजिलको इतिहास छुट्टै छ । ब्राजिलले पाँच पटक उपाधि जितेको छ । ब्राजिलले समूह चरणको २० खेलमा ११ पटक सेमिफाइनल र ७ पटक फाइनल खेलिसकेको छ ।  

टिमको सबैभन्दा मन पर्ने खेलाडी नेयमार हो ।  अहिलेका स्टार नेयमार फिफा कन्फीडेरेसन कप विजेता र ओलम्पिकमा स्वर्ण विजेता खेलाडी हुन् ।  नेयमारले यो पटक दोस्रो विश्वकप खेल्दै छन् ।  पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार नेयमारले बार्सिलोनाबाट फिफा क्लब विश्वकप पनि जितिसकेका छन् ।

यो पटकको विश्वकप जर्मनीले जित्ने सम्भावना छ ।  जर्मनी अघिल्लो पटकको विजेता समेत हो ।  यो पटकको विश्वकपमा ब्राजिलका नेयमार र अर्जेन्टिनाका मेस्सी चम्कन्छन जस्तो लाग्छ । मेस्सीको खेल सधै उस्तै हुन्छ, निकै सुन्दर ।

सन् २०१० बाट मैले विश्वकप हेर्न सुर गरेको हो ।  र, रुस विश्वकप नजिकिदै गर्दा निकै उत्साहित छु ।  तर, १८ औं एसियन गेम्सको क्लोज क्याम्पमा रहेको कारण सबै खेल हेर्न नमिल्ने हो कि भन्ने लागेको छ ।  

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'
पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'
विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार
विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार
मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु
मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु
पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो
पाँच विवाद, जो रुसी विश्वकपमा छाईरह्यो
रुस विश्वकपमा कस्तो कस्तो घट्ना घट्यो ?
रुस विश्वकपमा कस्तो कस्तो घट्ना घट्यो ?
अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पद त्याग
अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पद त्याग
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP