बोस्टन क्रिकेट एकेडेमी च्याम्पियन
बिहिबार, असोज ३०, २०७६खेलपाटी संवाददाता

काठमाडौं । कचनकवल प्रिमियर लिग (केपीएल) को उपाधि बोस्टन क्रिकेट एकेडेमीले जितेको छ ।
झापामा बिहिबार भएको फाइनलमा युनाइटेड क्रिकेट एकेडेमीलाई ५ विकेटले हराउँदै बोस्टन च्याम्पियन बनेको हो ।
कचनकवल गाउँपालिकामा युनाइटेडले दिएको १४६ रनको लक्ष्य बोस्टनले १९ ओभर १ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । यसअघि युनाइटेडले २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
उपाधिसँगै बोस्टनले ६० हजार नगद पुरस्कार पाएको छ । उपविजेता युनाइटेडले ३५ हजारमा चित्त बुझायो ।
प्रतियोगितामा विशाल आचार्य म्यान अफ दि सिरिज चुनिए । यस्तै समिर कार्की सर्वाधिक रन जोड्ने खेलाडी चुनिदा सुशान्त सिंह सर्वाधिक विकेट लिने खेलाडी बने । अंकित श्रेष्ठ उत्कृष्ट फिल्डर चुनिए ।
आदर्श क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।






-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)





-1763450218248.jpg&w=3840&q=75)