एजेन्सी । सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा टर्कीले साँघुरो जित निकालेको छ ।
छनोट अन्तर्गत शुक्रबार राति भएको समूह चरणको खेलमा टर्कीले अल्बानियालाई १-० गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा टर्कीलाई जित दिलाउन सेन्क टोसनले निर्णायक गोल गरे । खेलको इन्जुरी समयमा टोसनले गोल गर्दै टर्कीलाई साँघुरो जित दिलाएका हुन् ।
जितसँगै समूह 'एच' को टर्कीले युरोकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ । टर्कीले ७ खेलबाट १८ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा छ ।

यस समूहमा १८ अंक नै जोडेको फ्रान्स दोस्रो स्थानमा छ । ९ अंक जोडेको अल्बानिया चौंथो स्थानमा छ ।
यस समूहको अर्को खेलमा एन्डोराले मोल्डोभालाई १-० ले नै हराएको छ ।