एजेन्सी । अफगानिस्तान फुटबल फेडेरेसनका पूर्व महासचिव साएद अघजादालाई फुटबलमा पाँच वर्षको प्रतिबन्ध लागेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला खेलाडीमाथि भएको यौन दुर्व्यवहारको बिषयमा पूर्व महासचिव अघजादालाई प्रतिबन्ध लगाएको हो । अफगानी राष्ट्रिय महिला फुटबल टिमका खेलाडीमाथि यौन दुर्व्यवहार हुँदा फिफामा उजुरी नगरेको र दुर्व्यवहार रोक्न असफल भएको भन्दै फिफाले अघजादालाई प्रतिबन्ध गरेको हो ।
फिफाले गत जुनमा अफगानिस्तान फुटबलका पूर्व अध्यक्ष केरामुदीन करिमलाई महिला फुटबल टिमका खेलाडीहरुलाई यौन दुर्व्यवहार गरेको भन्दै आजीवन प्रतिबन्ध लगाएको थियो । सन् २०१३ देखि १८ सम्म करिमले ५ महिला खेलाडीमाथि यौन दुर्व्यवहार गरेको फिफाले जनाएको छ ।
करिम अध्यक्ष रहदा अघजादा महासचिव रहेका थिए । र, उनले दुर्व्यवहार भएको घटनाबारे थाहा पाएर पनि उनले फिफामा उजुरी र रोक्ने प्रयास नगरेको फिफाको आरोप छ ।
यस्तै फिफाले अघजादा १० हजार स्विस फ्रान्क जरिवाना समेत गरेको छ ।