एजेन्सी । आर्सनलका फरवार्ड पिएरे इमरिक औवामियाङ इन्ग्लिश प्रिमियर लिगमा 'प्लेयर अफ दि मन्थ' चुनिएका छन् ।
लिगको सेप्टेम्बर महिनामा उत्कृष्ट खेलाडी चुनिदै औवामियाङले प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन् ।
३० वर्षीय औवामियाङले सेप्टेम्बरमा ४ खेलमा ५ गोल गरेका थिए । यस अवार्ड जित्ने क्रममा गोबानका औवामियाङले ट्रेण्ड एलेक्जेन्डर आर्नोल्ड, केभिन डी ब्रुएन, सन ह्युङ मिन र रियाद महरेजलाई पछि बनाए ।
यस्तै लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोप 'म्यानेजर अफ दि मन्थ' घोषित भए । क्लोप लगातार दोस्रो महिना म्यानेजर अफ दि मन्थ घोषित भएका हुन् ।