काठमाडौं । तेस्रो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिपमा भारतले भुटानलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
शुक्रबार भुटानको चाम्लिङथाङ रंगशालामा भएको खेलमा भारतले भुटानलाई १¬०–१ गोल अन्तरले हराएको हो ।
पहिलो हाफमै ५–० ले अघि बढेको भारतले दोस्रो हाफमा थप ५ गोल गरेको थियो ।
सई संखेले ह्याट्रिक गरेको खेलमा लिंडा कोम सेर्टो, सुमती कुमारी र किरणले समान दुई÷दुई गोल गरेका थिए ।
प्रियंका सुजेशले एक गोल गरेकी थिईन् ।
भुटानलाई हराउँदै भारत प्रतियोगिताको फाईनल प्रवेश गरेको छ ।
फाईनलमा उसले उपाधिका लागि बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो खेलमा भारतले नेपाललाई हराएको थियो ।
प्रतियोगितामा चार टिम सहभागी छन् ।
राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भएको प्रतियोगिताका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
बंगलादेश पहिलो संस्करणको विजेता हो ।
भारतले दोस्रो संस्करणको उपाधि जितेको थियो ।