काठमाडौं । नेपाल महिला साफ यू–१५ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ ।
समुह चरणको खेलमा भारतले भुटानलाई पराजित गरेसंगै नेपाल उपाधि होडबाट बाहिरिएको हो ।
शुक्रबार भएको दोस्रो खेलमा भारतले भुटानलाई १०–१ को फराकिलो गोल अन्तरले पराजित गर्यो ।
भारतको जितसंगै नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो ।
नेपालसंगै आयोजक भुटान समेत प्रतियोगिताबाट बाहिरिएको छ ।
शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसंग २–१ गोल अन्तरले पराजित भएको थियो ।
सो नतिजा नेपालको प्रतियोगितामा दोस्रो हार थियो ।
पहिलो खेलमा नेपाल भारतसंग पराजित भएको थियो ।

अब भारत र बंगलादेशले उपाधिका लागि प्रतिस्पर्धा गर्ने तय भएको छ ।
लिग चरणको अन्तिम खेलमा नेपालले भुटानसंग खेल्नेछ ।
प्रतियोगितामा चार टिम सहभागी छन् ।
राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भएको प्रतियोगिताका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
बंगलादेश पहिलो संस्करणको विजेता हो ।
भारतले दोस्रो संस्करणको उपाधि जितेको थियो । तेस्रो संस्करणको उपाधि जित्ने लक्ष्य सहित भुटान पुगेको नेपाल लगातार दुई खेलमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो ।
याे पनि, बंगलादेशसँग नेपाल पराजित