काठमाडौं । विश्वकप छनोट अन्तर्गत चौथो खेल खेल्न नेपालको राष्ट्रिय फुटबल टिम आज (शुक्रबार) जोर्डन लागेको छ ।
अष्ट्रेलियासंग बिहिबार छनोटको तेस्रो खेल खेलेको नेपाल क्यानबेराबाट जोर्डनका लागि प्रस्थान गरेको हो ।
नेपालले आगामी मंगलबार जोर्डनसंग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ ।
बिहिबार अष्ट्रेलियासंग भएको खेलमा नेपाली टिम ५–० ले पराजित भएको थियो ।
विश्वकप छनोट अन्तर्गत नेपालले अवे खेल खेलिरहेको छ ।
पहिलो खेलमा कुवेतसंग खेलेको नेपालले दोस्रो खेलमा चाईनिज ताईपेसंग प्रतिस्पर्धा गरेको थियो ।
नेपाल पहिलो खेलमा कुवेतसंग ७–० ले पराजित भएको थियो भने दोस्रो खेलमा चाईनिज ताईपेलाई २–० ले हराएको थियो ।