काठमाडौं । तेस्रो संस्करणको साफ यू–१५ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो खेलमा अहिले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।
थिम्पुमा जारी खेलको पहिलो हाफ सकिदा नेपाल बंगलादेशसँग २-० ले पछि परेको छ । खेलको १२ औं मिनेटमा शाहिदा अख्तर रिपाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् ।
त्यसपछि खेलको २५ औं मिनेटमा कप्तान शामसुन्नहरले पेनाल्टीमा गोल गर्दै बंगलादेशलाई २-० को अग्रता दिलाए ।
प्रतियोगिताको फाईनल पुग्न नेपाललाई बंगलादेशविरुद्वको खेल जित्नैपर्ने दबाब छ ।
पहिलो खेलमा नेपाल भारतसंग ४–१ को फराकिलो अन्तरले पराजित भएको थियो ।
बंगलादेशले पहिलो खेलमा घरेलु टोली भुटानलाई २–० गोल अन्तरले हराएको थियो ।