काठमाडौं । साफ यू–१५ महिला च्याम्पियनसिपमा बंगलादेशविरुद्व नेपालको प्लेईङ सेट सार्वजनीक भएको छ ।
मुख्य प्रशिक्षक राकेश श्रेष्ठले भारतविरुद्व खेलाएको सेटलाई बंगलादेशको खेलमा समेत निरन्तरता दिएका छन् ।
उनले प्रीति राईको कप्तानीमा प्लेईङ सेट तयार गरेका छन् ।
नेपाली टिममा कप्तान राई सहित प्रतिक्षा चौधरी, मनमाया दमाई, अमिसा कार्की, अनु राई, सुस्मा घर्तिमगर, नीकिता थोकर, सविना चौधरी, पुष्पा गुरुङ, सावित्री किसन, मन्दीरा राई रहेका छन् ।
प्रतियोगिताको दोस्रो खेलमा नेपालले पहिलो संस्करणको विजेता बंगलादेशसंग खेल्न लागेको हो ।
भुटानको थिम्पुमा हुने खेल स्थानिय समय अनुसार दिउँसो ३ बजे सरु हुनेछ ।
प्रतियोगिताको फाईनल पुग्न नेपाललाई बंगलादेशविरुद्वको खेल जित्नैपर्ने दबाब छ ।
पहिलो खेलमा नेपाल भारतसंग ४–१ को फराकिलो अन्तरले पराजित भएको थियो ।
बंगलादेशले पहिलो खेलमा घरेलु टोली भुटानलाई २–० गोल अन्तरले हराएको थियो ।
आजै हुने अर्को खेलमा भारतले भुटानसंग खेल्नेछ ।
भारत र बंगलादेश दोस्रो खेलमा जित निकाल्दै फाईनल यात्रा तय गर्न चाहन्छन् ।
राउण्ड रोबिन लिगका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको पहिलो संस्करण बंगलादेश र दोस्रो भारतले जितेको थियो ।