एजेन्सी । युरोकप छनोटमा वेल्स बराबरीमा रोकिएको छ । समूह चरण अन्तर्गत बिहिबार राति भएको पाँचौं खेलमा वेल्सले स्लोभाकियासँग १-१ गोलको बराबरी खेलेको हो ।
स्लोभाकियाको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा वेल्सले अंक बाडेको हो । खेलको २५ औं मिनेटमा किएफेर मोरेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५३ औं मिनेटमा जुराज कुच्काले गोल गर्दै स्लोभाकियालाई १-१ गोलको बराबरीमा फर्काए ।
यस्तै खेलको ८८ औं मिनेटमा नोर्बेर्ट ग्योमबेरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा स्लोभाकिया अन्तिम केहि मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।
यो बराबरीसँगै समूह 'ई' को वेल्सले ५ खेलमा ७ अंक जोडेको छ । वेल्स समूहको चौंथो स्थानमा छ । ६ खेलमा १० अंक जोडेको स्लोभाकिया दोस्रो स्थानमा रहेको छ ।
