एजेन्सी । करिब ४० वर्षपछि पहिलो पटक इरानी महिला समर्थकहरुले स्टेडियममा पुगेर फुटबल हेरेका छन् ।
विश्वकपको एसिया छनोट अन्तर्गत इरान र कम्बोडियाबीचको खेल इरानी महिला समर्थकहरुले स्टेडियममा पुगेका हेरेका छन् । तेहरानमा ७८ हजार दर्शक क्षमता रहेको स्टेडियममा ३५ सय महिला समर्थक खेल हेर्न पुगेका थिए ।
अजादी स्टेडियममा इरानले कम्बोडियालाई १४-० ले हराएको थियो ।
सन् १९७९ मा इस्लामिक क्रान्तिपछि इरानमा महिलालाई स्टेडियममा गएर फुटबल हेर्न प्रतिबन्ध गरिएको थियो ।

