काठमाडौं । साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले आज (शुक्रबार) बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ ।
प्रतियोगिताको दोस्रो खेलमा नेपालले पहिलो संस्करणको विजेता बंगलादेशसंग खेल्न लागेको हो ।
भुटानको थिम्पुमा हुने खेल स्थानिय समय अनुसार दिउँसो ३ बजे सरु हुनेछ ।
प्रतियोगिताको फाईनल पुग्न नेपाललाई बंगलादेशविरुद्वको खेल जित्नैपर्ने दबाब छ ।
पहिलो खेलमा नेपाल भारतसंग ४–१ को फराकिलो अन्तरले पराजित भएको थियो ।
बंगलादेशले पहिलो खेलमा घरेलु टोली भुटानलाई २–० गोल अन्तरले हराएको थियो ।
आजै हुने अर्को खेलमा भारतले भुटानसंग खेल्नेछ ।
भारत र बंगलादेश दोस्रो खेलमा जित निकाल्दै फाईनल यात्रा तय गर्न चाहन्छन् ।
राउण्ड रोबिन लिगका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको पहिलो संस्करण बंगलादेश र दोस्रो भारतले जितेको थियो ।