एजेन्सी । क्रोएसिया युरो कप छनोटको नजिक पुगेको छ ।
बिहिबार राति भएको खेलमा हंगेरीलाई ३–० गोल अन्तरले हराउँदै क्रोएसिया युरो छनोटको नजिक पुगेको हो ।
क्रोएसियाको जितमा लुका मोड्रिचले एक तथा पेटकोविकले दुई गोल गरे ।
समुह ईको शीर्ष स्थानको क्रोएसियाले ६ खेलबाट १३ अंक बटुल्यो ।
हंगेरी ९ अंक सहित तेस्रो स्थानमा रह्यो । उसले तेस्रो स्थानको हंगेरीसंग ४ अंकको अग्रता लिएको छ ।
यस्तै, वेल्सले समेत युरो छनोटको सम्भावनालाई जिवितै राखेको छ । स्लोभाकियासंग १–१ गोलको बराबरी खेल्दै वेल्सले छनोटको आशालाई जिवितै राखेको हो ।
खेलको २५ औ मिनेटमा पाहुना टोली वेल्सले विङ्गर किफर मोरीको गोलबाट अग्रता बनाएको थियो ।
५३ औ मिनेटमा जुराज कुक्काले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

घरेलु टोली स्लोभाकियाले दोस्रो हाफपछि खेलमा राम्रो पकड बनाएकाे थियो ।
तर ८८ औ मिनेटमा नोर्बर्ट गोमबर दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोलीको लय बिग्रिएको थियो ।
बराबरीसंगै चौथो स्थानको वेल्सले समुह ईमा ७ अंक जोडेको छ । दोस्रो स्थानको स्लोभाकियाको १० अंक छ ।
एक खेल कम खेलेको वेल्स दोस्रो स्थानको स्लोभाकिया भन्दा ३ अंकले पछाडी छ ।