एजेन्सी । नेयमारको कीर्तिमानी खेलमा ब्राजिलले सेनेगलसंग बराबरी खेलेको छ ।
ब्राजिली स्टार नेयमारले सय क्याप पुरा गर्ने कम उमेरको खेलाडीको कीर्तिमानी राख्दा ब्राजिलले सेनेगलसंग १–१ गोलको बराबरी खेलेको हो ।
नेयमारले २७ बर्षको उमेरमै सय क्यापको कीर्तिमान कायम गरेका हुन् ।
खेलमा अग्रता ब्राजिलले नवौ मिनेटमा रोबर्टो फिर्मिन्होको गोलबाट लिएको थियो ।

पहिलो हाफको अन्तिम मिनेटमा सेनेगलका फमारा डाइडयौले बराबरी गोल फर्काएका थिए ।
सिंगापुरमा भएको खेलमा ब्राजिलले अफ्रिकन कप अफ नेसन्सको फाईनल खेलेको सेनेगललाई प्रतिद्वन्दी पाएकाे थियो ।
युरोपेली क्लब फुटबल अन्तराष्ट्रिय विश्राममा रहेको समय दक्षिण अमेरिकी र अफ्रिकी महादेशका दुई राष्ट्र मैत्रीपूर्ण खेलमा उत्रिएका हुन् ।