एजेन्सी । ब्राजिलियन स्टार स्ट्राइकर नेयमार ब्राजिलका लागि १०० औं खेल खेल्ने सर्वाधिक कम उमेरका खेलाडी बनेका छन् ।
सेनेगलविरुद्ध अहिले जारी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मैदान उत्रदै नेयमार ब्राजिलका लागि सर्वाधिक कम उमेरका खेलाडी बनेका हुन् ।
२७ वर्षको उमेरमा ब्राजिलका लागि नेयमारले १०० औं खेल पुरा गरे । जसमा उनले ६१ गोल गरेका छन् ।
सेनेगलविरुद्धको जारी खेलमा ब्राजिल १-० ले अघि रहेको छ । ब्राजिलका रोबर्टो फिर्मिन्होले गोल गरेका छन् ।