एजेन्सी । मिडफिल्डर जेम्स माडिसन ईङ्ल्याण्डको राष्ट्रिय फुटबल टिमबाट बाहिरिएका छन् ।
बिरामीका कारण उनी युरो छनोट खेल्ने ईङ्ल्याण्डको राष्ट्रिय टिमबाट बाहिरिएका हुन् ।
लेस्टर सिटीका मिडफिल्डरले अहिलेसम्म ईङ्ल्याण्डको राष्ट्रिय टिमबाट डेब्यु गरेका छैनन् ।
मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटको २३ सदस्यीय टिममा उनलाई प्रतिस्थापन गर्ने छैनन् ।
माडिसन ईङ्ल्याण्डको टिमबाट बाहिरिने तेस्रो खेलाडी हुन् । यसअघि चोटका कारण फेबियन डेल्फ र टम हेटल राष्ट्रिय टिमबाट बाहिरिसकेका छन् ।
ईङ्ल्याण्डले युरो छनोटमा शुक्रबार चेक रिपब्लिकसंग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै सोमबार बल्गेरियासंग प्रतिस्पर्धा गर्नेछ ।
शुक्रबार हुने खेलमा चेक रिपब्लिकलाई हराए ईङ्लिस टोली तीन खेल अगावै युरो कपमा छनोट हुनेछ ।
समुह एमा रहेको ईङ्ल्याण्डको ४ खेलबाट १२ अंक छ । चेक टोली ५ खेलबाट ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।