काठमाडौं । विश्वकप छनोट अन्तर्गतको समूहको चरणको तेस्रो खेलमा नेपालले अहिले अष्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ ।
अष्ट्रेलियाको क्यानबेरामा जारी खेलमा नेपाल ४-० ले पछाडी परेको छ । पहिलो हाफमा ३-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप एक गोल खाएको छ ।
खेलको ५९ औं मिनेटमा ह्यारी सुटरले व्यक्तिगत दोस्रो गोल गर्दै अष्ट्रेलियालाई ४-० को अग्रता दिलाए । उनले २४ औं मिनेटमा पहिलो गोल गरेका थिए ।
यस्तै अष्ट्रेलियाका लागि थप दुई गोल जेमी म्याक्लारेनलेगरे ।