काठमाडौं । विश्वकप छनोट अन्तर्गतको समूहको चरणको तेस्रो खेलमा नेपालले अहिले अष्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ ।
अष्ट्रेलियाको क्यानबेरामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल ३-० ले पछाडी परेको छ ।
अष्ट्रेलियाका लागि जेमी म्याक्लारेनले दुई गोल गरे । यस्तै ह्यारी सुटरले एक गोल थपे ।
कमजोर टिम नेपालविरुद्ध अष्ट्रेलियाले खेलको छैटौं मिनेटमा म्याक्लारेनको गोलबाट अग्रता बनाएको थियो । खेलको १९ औं मिनेटमा म्याक्लारेनले व्यक्तिगत दोस्रो गोल गर्दै अष्ट्रेलियालाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको २४ औं मिनेटमा ह्यारीले गोल गर्दै अष्ट्रेलियालाई पहिलो हाफमा ३-० को अग्रता दिलाए ।