हाफ म्याराथनमा जेफ्रीको विश्व कीर्तिमान
सोमबार, भदौ ३०, २०७६खेलपाटी संवाददाता

एजेन्सी । केन्याका धावक जेफ्री किपसाङ कामवोरले हाफ म्याराथनमा विश्व कीर्तिमान बनाएका छन् ।
कोपनहेगन म्याराथनमा निर्धारित दुरी ५८ मिनेट १० सेकेण्डमा पुरा गर्दै जेफ्रीले विश्व कीर्तिमान बनाएका हुन् । कीर्तिमानसहित स्वर्ण जितेका जेफ्रीले यसअघि रहेको विश्व कीर्तिमानलाई १७ सेकेण्डले पछि बनाए ।
जेफ्रीले गत वर्ष स्पेनमा अब्राहीम किपतुमले बनाएको कीर्तिमान भङ्ग गरेका हुन् । अब्राहीमको नाममा ५८ मिनेट १८ सेकेण्डको कीर्तिमान रहेको थियो ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


